शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रैथाने बालीको बीउ खरिद गर्न घरमै पुग्छन् व्यापारी

सोमबार, ३० साउन २०७९, १४ : २४
सोमबार, ३० साउन २०७९

कालिकोटको स्थानीयस्तरमा उत्पादन हुने रैथाने बालीको बीउ खरिद गर्न व्यापारी घरमा नै पुग्ने गरेका छन् । कालिकोटमा उत्पादन हुने रैथाने अन्नबाली सिमी, फापर चिनो, कागुनो, स्याउ, ओखरलगायतका खाद्यान्न खरिद गर्न व्यापारी घरघरमा पुग्ने गरेका छन् । 

रैथाने अन्नबालीलाई सेतो चामलसँग व्यापारीले साट्ने गरेको बताइएको छ । एक किलो बीउ बराबर दुई किलो सेतो चामल दिने गरेको तिलागुफा नगरपालिका–४ का पूर्ववडाध्यक्ष खड्कबहादुर शाहीले बताए । यहाँ उत्पादन हुने अन्नबालीको बीउको माग देशका विभिन्न ठाउँमा बढ्दो भएका कारणले व्यापारीले फल्नुभन्दा अगाडि नै खरिद गर्ने गरेको खाँडाचक्र नगरपालिका–८ का पाँखाका रेशम मल्लले बताए । 

“अन्नबाली उत्पादन नहुनुभन्दा अगाडि नै व्यापारी आएर पैसा दिएर जान्छन्”, उनले भने । कालीकोटमा उत्पादन हुने रैथाने अन्नबाली स्याउ, मार्सी चामल, सिमी, उवा, जौ, फापर, आलु लगायतका बस्तु नेपालका प्रमुख शहरमा निर्यात हुने गरेको खाँडाचक्रका नगर प्रमुख कमलबहादुर शाहीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप