बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

वृज सिमेन्टद्वारा पशुपतिनाथमा निःशुल्क स्वास्थ्य शिविर

सोमबार, ३० साउन २०७९, १४ : ४६
सोमबार, ३० साउन २०७९

वृज सिमेन्ट इण्डष्ट्रिजले श्रावणको अन्तिम सोमबारको अवसर पारेर  पशुपतिनाथमा निःशुल्क स्वास्थ्य शिविरसहितको परोपकारी सेवा सञ्चालन गरेको छ ।  सुन्दरीजलदेखि पशुपतिनाथसम्म विभिन्न ८ स्थानमा बोलबमका भक्तजनहरूलाई निःशुल्क खानेपानी, फलफुल जुस लगायतका सेवा प्रदान गरेको कम्पनीले पशुपतिनाथमा भक्तजनका हकमा भने निःशुल्क स्वस्थ्य परीक्षण समेत गरिएको हो ।

स्वास्थ्य शिविर क्याम्पमा आँखा, दाँत र जनरल चेकअप गर्नुका साथसाथै रक्तचापको समेत परीक्षण गरिएको थियो । उक्त स्वास्थ्य शिविरका अनुसार करीब २००० दर्शनार्थीले  सेवा लिएका थिए । लायन्स एण्ड लियो क्लब अफ काठमाण्डौं चाबहिल, वृज सिमेन्टको संयुक्त आयोजनामा यो कार्यक्रम गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप