फरक प्रेम कहानी भएको दाबी गर्ने फिल्म ‘इश्क पस्मिना’ सेप्टेम्बर २३ मा रिलिज हुने
अहिलेसम्म देखिएको र सुनिएको प्रेम कहानी भन्दा फरक प्रेम कहानी रहेको दाबी गरिएको बलिउड फिल्म ‘इश्क पस्मिना’ आगामी सेप्टेम्बर २३ मा रिलिज हुँदैछ । बलिउड फिल्म कम्पनी कृष्ण शान्ति प्रोडक्सन हाउसले निर्माण गरेको फिल्म ‘इश्क पस्मिना’ को पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले यो फिल्मले सबैको मन जित्न सफल हुने दाबी गरेको छ ।
बलिउड फिल्म निर्माता सुरज सुर्या मिश्राले आफ्नो फिल्ममार्फत् अधिकांश नयाँ तर प्रतिभाशाली कलाकारलाई ठूलो पर्दामा अवसर दिएका छन् । टिभी दुनियाँका प्रभावशाली कलाकार भाविन भानुशाली र भारतका चर्चित क्रिकेटर दिपक चाहरकी बहिनी मालती चाहर फिल्ममा मुख्य भुमिकामा देखिँदैछन् ।
साथै दिग्गज अभिनेत्री जरिना वहाब , बिजेन्द्र काला, कायनात अरोडा र बाल कलाकार गौरिका मिश्रा पनि फिल्ममा देखिनेछन् । यो फिल्मको निर्देशन अरबिन्द पाण्डेले गरेका छन् । फिल्मको गित र स्क्रिप्टसमेत लेखेका निर्देशक पाण्डेले फिल्मले अहिलेसम्म नदिएको अनौठो र नौलो अनुभव दिने बताएका छन् ।
भारतका प्रसिद्ध सङ्गीतकार शाम बलकर र शाश्वत प्रखरले इश्क पस्मिना फिल्मको गीतमा सङ्गीत भरेका छन् । साथै, भारतका चर्चित फिल्म इडिटर राजेश पाण्डेले फिल्म इडिट गरेका छन् । राजेशले बाजीराव मस्तानी, गंगुबाई जस्ता कयौं चर्चित फिल्म इडिट गरिसकेका छन् । गत जनवरीमा सिम्लामा भारी हिमपात र अत्यधिक चिसो बढेका बेला माइनस डिग्रीमा गएर सुटिङ गरिएको यो फिल्मको चर्चा त्यसबेलादेखि नै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
बागमती संसद्को हिउँदे अधिवेशन : खर्च ११ लाख, उपलब्धि शून्य