नेप्सेमा ५५ अंकको वृद्धि, तीन कम्पनीको सेयर मूल्यमा सर्किट
केहीदिन यताको लगातार करेक्सनपछि सोमबार सेयर बजार परिसूचक नेप्सेमा ५५ अंकमाथिको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यसदिन नेप्से सूचक ५५.८८ प्रतिशतले वृद्धि हुँदै २ हजार ६५.८९ अंकमा उक्लिएको हो ।
यस्तै, क वर्गको सेन्सेटिभ इन्डेक्स समेत आज ११.२३ अंकले बढ्दै २९८.१३ अंकमा उक्लिएको छ । १३ वटै उपसूचक धनात्मक भएको आज २ अर्ब ४३ करोड २९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक ७.३८ प्रतिशतले बढेको छ भने डेभलपमेन्ट बैंक समूहको उपसूचक ५.३३ प्रतिशतले, हाइड्रोपावर समूह ४.४३ प्रतिशतले, ट्रेडिङ समूहको उपसूचक ४.३८ प्रतिशतले, होटल तथा पर्यटन समूह ३.११ प्रतिशतले वृद्धि भएको छ । अन्य समूहको उपसूचक ६.२७ प्रतिशतले वृद्धि भएको छ ।
आज तीन वटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाग्दा दुई दर्जनभन्दा बढी कम्पनीको सेयर मूल्य ५ प्रतिशत माथिले बढेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन हप्ताको अल्टिमेटम दिँदै केसीले दिए सत्याग्रहको चेतावनी
-
नेपालकै पहिलो अटोक्रस च्याम्पियनसिप सम्पन्न
-
अप्पर अरुणमा विश्व बैंकले साढे ८ सय मिलियन डलर बराबरको लगानी गर्ने
-
ओलीप्रति माधव नेपालको टिप्पणी: यसलाई भन्छन्–व्यक्तिवाद !
-
भवन बनाउन पार्टी सदस्यबाट न्यूनतम १ सय रुपैयाँ उठाउन एमाले महासचिवको प्रस्ताव
-
नेपाललाई दोस्रो सफलता