बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पछिल्लो साता बैंकबाट थप २५ अर्ब बाहिरियो

सोमबार, ३० साउन २०७९, २१ : ३०
सोमबार, ३० साउन २०७९

साउन लागेसँगै बैंकबाट निक्षेप बाहिरिने क्रम रोकिएको छैन । पछिल्लो साता बैंकहरुबाट थप २५ अर्ब रुपैयाँ बाहिरिन पुगेको छ । नेपाल बैंकर्स संघको रिपोर्ट अनुसार साउन २० गतेदेखि साउन २७ गतेभित्र २५ अर्ब रुपैयाँले निक्षेप बाहिरिँदै २६ वटा वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब २१ अर्ब रुपैयाँ कायम भएको हो । 

त्यसो त यस्तो निक्षेप साउन १ गतेयता मात्र वाणिज्य बैंकहरुबाट १ खर्ब २० अर्ब रुपैयाँ बाहिरिइसकेको छ । २०७९ असार मसान्तमा २६ वटा वाणिज्य बैंकहरुमा कुल ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप जम्मा भएकोमा साउन २७ गतेसम्म कुल १ खर्ब २० अर्ब रुपैयाँ बाहिरिँदै ४४ खर्ब २१ अर्ब रुपैयाँ कायम भएको हो ।

तर, कर्जा लगानीतर्फ भने बैंकहरुले समीक्षा अवधिमा लगानी र असुलीलाई बराबर गर्दै असार मसान्तकै ४१ खर्ब ७५ अर्ब रुपैयाँ कायम गरेका छन् । तरलता अभावका बाबजुत कर्जा लगानीमा निकै कडाई गरेका बैंकहरुले साउन महिनामा खासै कर्जा लगानी गरेका छैनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप