शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बन्चरेडाँडामा स्थानीयको ढुंगामुढा : बिहान फोहोर फाल्न दिए, दिउँसो फेरि रोके

सोमबार, ३० साउन २०७९, १६ : ४४
सोमबार, ३० साउन २०७९

नुवाकोटको बञ्चरेडाँडाका स्थानीयले फोहोर बोकेका गाडी तथा सुरक्षाकर्मीमाथि ढुंगा प्रहार गर्दै अवरोध गरेका छन् । सोमबार दिउँसो फोहोर बोकेर गएका गाडी तथा सुरक्षाकर्मीलाई उनीहरुले ढुंगा तथा गुलेलीले हानेका हुन् । 

बिहान फोहोर बोकेर गएका ५६ वटा गाडीले मात्र फोहोर खसालेर आएको  र दिउँसो गएका सवारीले फोहोर खसाल्न नपाएको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले रातोपाटीलाई जानकारी दिए । उनले भने–‘फेरि फोहोर फाल्न अवरोध गरे, सुरक्षाकर्मी र गाडीमाथि ढुङ्गा हाने भन्ने कुरा आएको छ । बिहान गएको ५६ वटा गाडीले फोहोर खसालेपनि दिउँसो फेरि अवरोध भएको छ । एकछिनमा फोहोर फ्याँक्न दिने, एकछिनपछि फेरि अवरोध गर्ने, वञ्चरेडाँडाको अवस्था बुझिनसक्नु छ ।’

दिउँसो केही मानिसहरुले फोहोर फ्याँक्न अवरोध गरेपनि अहिले फोहोर विसर्जन भइरहेको महानगरपालिका प्रमुख बालेन्द्र शाहका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए । बञ्चरेडाँडाका स्थानीयको निरन्तरको अवरोधका कारण काठमाडौंमा फोहोर मैला थुप्रिएको कैयौँ हप्ता भइसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप