‘सम्हालिन्छ कहिले मन’ को ‘हराएँ हराएँ’ गीतमा पूजा र आकाश कति रोमान्टिक ?

person explore access_timeसाउन ३०, २०७९ chat_bubble_outline0

सुदर्शन थापा निर्देशित फिल्म ‘सम्हालिन्छ कहिले मन’ को नयाँ गीत ‘हराएँ हराएँ’ सार्वजनिक भएको छ । फिल्मको ट्रेलर दर्शकले रुचाएपछि निर्माण युनिटले यो रोमान्टिक गीत सार्वजनिक गरेको हो ।


यूके र मुस्ताङमा छायांकन भएको गीतमा पूजा शर्मा र आकाश श्रेष्ठको अभिनय छ । ताराप्रकाश लिम्बु र अनु चौधरीले स्वर दिएको गीतमा पूजा र आकाशको रोमान्स सुहाउँदो छ । आनन्द अधिकारीको शब्द तथा ताराप्रकाश लिम्बुको संगीत रहेको गीतमा कोरियोग्राफी कविराज गहतराजले गरेका छन् । गीत दर्शकले मनपराउने अपेक्षा रहेको निर्देशक थापाले बताए ।



महेश दवाडीको लेखन रहेको फिल्ममा पूजा र आकाशका अलवा सोनम तोप्देन, सरोज खनाल, धिरेन शाक्य, गौरी मल्ल लगायतका कलाकारको अभिनय छ । एबी इन्टरनेशनलसँंग भिक्टर सिनेमा लिमिटेडले निर्माण सहकार्य गरेको फिल्ममा अर्जुन पोखरेल, ताराप्रकाश लिम्बु, जेम्स प्रधानको संगीत र अर्जुन जिसीको सम्पादन छ । फिल्म १७ भदौबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । फिल्म अमित बस्नेत, अजित केआर थापा र परी रानाले निर्माण गरेका हुन् ।



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।