‘सम्हालिन्छ कहिले मन’ को ‘हराएँ हराएँ’ गीतमा पूजा र आकाश कति रोमान्टिक ?
सुदर्शन थापा निर्देशित फिल्म ‘सम्हालिन्छ कहिले मन’ को नयाँ गीत ‘हराएँ हराएँ’ सार्वजनिक भएको छ । फिल्मको ट्रेलर दर्शकले रुचाएपछि निर्माण युनिटले यो रोमान्टिक गीत सार्वजनिक गरेको हो ।
यूके र मुस्ताङमा छायांकन भएको गीतमा पूजा शर्मा र आकाश श्रेष्ठको अभिनय छ । ताराप्रकाश लिम्बु र अनु चौधरीले स्वर दिएको गीतमा पूजा र आकाशको रोमान्स सुहाउँदो छ । आनन्द अधिकारीको शब्द तथा ताराप्रकाश लिम्बुको संगीत रहेको गीतमा कोरियोग्राफी कविराज गहतराजले गरेका छन् । गीत दर्शकले मनपराउने अपेक्षा रहेको निर्देशक थापाले बताए ।
महेश दवाडीको लेखन रहेको फिल्ममा पूजा र आकाशका अलवा सोनम तोप्देन, सरोज खनाल, धिरेन शाक्य, गौरी मल्ल लगायतका कलाकारको अभिनय छ । एबी इन्टरनेशनलसँंग भिक्टर सिनेमा लिमिटेडले निर्माण सहकार्य गरेको फिल्ममा अर्जुन पोखरेल, ताराप्रकाश लिम्बु, जेम्स प्रधानको संगीत र अर्जुन जिसीको सम्पादन छ । फिल्म १७ भदौबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । फिल्म अमित बस्नेत, अजित केआर थापा र परी रानाले निर्माण गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन
-
पोखरा–दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति
-
१२ बजे १२ समाचार: २५ वटा सेवामा हडताल गर्न निषेधदेखि ‘मुसा प्रवृत्ति’को बिगबिगीसम्म
-
सुशासन र समृद्धिका तगाराहरू
-
कागजी सुशासन र अलपत्र विकास
-
विभेदबाट मुक्ति र सामाजिक न्याय स्थापना गर्न नसक्नु सुशासन र समृद्धिका तगारा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण