बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्र बैंकले भन्यो- ‘गैरकानुनी क्रिप्टोकरेन्सी दण्डनीय छ’

सोमबार, ३० साउन २०७९, २१ : २९
सोमबार, ३० साउन २०७९

नेपाल राष्ट्र बैंकले फेरि एक सूचना प्रकाशित गर्दै गैरकानुनी क्रिप्टो करेन्सी, पिरामिड नेटवर्किङ तथा हाइपर फन्ड जस्ता कारोबार नगर्न सम्पूर्णमा आग्रह गरेको छ । सोमबार एक सूचना जारी गर्दै बैंकले बिटक्वाइन, क्रिप्टो करेन्सी जस्ता कुनैपनि भर्चुअल मुद्राहरू नेपालमा प्रतिबन्ध रहेको र यस्तो कारोबार गैरकानुनी हुनुका साथसाथै जोखिमपूर्ण रहेको भन्दै यस्तो कारोबार नगर्न सबैलाई आग्रह गरेको हो । 

भर्चुअल करेन्सी, पिरामिडमा आधारित नेटवर्किङ मार्केटिङ तथा हाइपर फन्ड मा सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलाप लगानी, ठगी तथा कर छली, लगानीको असुरक्षा, पुँजी पलायन, मूल्यमा अस्थिरता एवम् उतारचढाव, सट्टेबाजी आदि सम्बन्धी जोखिमहरू अन्तर्निहित हुने हुँदा यस्तो कारोबार कोही कसैले नगर्न बैंकले भनेको छ । 

त्यसो त यसअघि नै बैंकले प्रथम पटक २०७४ साउन २९ गते, २०७८ भदौ २४ गते र २०७८ माघ ९ गतेको सार्वजनिक सूचना सम्झाउँदै बैंकले यस्तो दण्डनीय कार्य नगर्न आग्रह गरेको छ । यदि गरेको पाइएमा कानुन बमोजिम कडा कारबाही हुने समेत बैंकले चेतावनी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप