शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जसपा खोटाङका अध्यक्षसहित ३९ जनाले गरे पार्टी परित्याग

सोमबार, ३० साउन २०७९, १८ : ०४
सोमबार, ३० साउन २०७९

जनता समाजवादी पार्टी, खोटाङका ३९ नेताले पार्टी परित्याग गरेका छन् । केन्द्रीय नेतृत्वले पार्टीलाई सही दिशा दिन नसकेको, सैद्धान्तिक र वैचारिक पथमा विचलन आएको, सांगठनिक र सैद्धान्तिक रुपमा पार्टीलाई विघटनको दिशातर्फ लगेको आरोप लगाउँदै जिल्ला अध्यक्ष टंक थापासहित ३९ नेताले जसपा परित्याग गरेका हुन् ।

अध्यक्ष थापाले सोमबार दिक्तेलमा पत्रकार सम्मेलन आयोजना गर्दै ११ पदाधिकारीमध्ये सात जना, ५३ सचिवालय सदस्यमध्ये २३ जना, सात केन्द्रीय सदस्यमध्ये दुई जना र ६ जना प्रदेश सदस्यमध्ये तीन जनाले पार्टी परित्याग गरेको जानकारी दिए । 

जिल्ला अध्यक्ष थापा, उपाध्यक्ष मणि राई, नविनकिशोर राई, बसन्ती राई, सचिव जिवराज पोख्रेल, सह–सचिव आशिष राई र कोषाध्यक्ष सावित्री राईले जसपा छाडेका छन् । यस्तै, केन्द्रीय अनुशासन आयोग सदस्य वीरबहादुर राई, प्रदेश समिति सदस्य मोहन गुरुङ, किरात राष्ट्रिय समिति सदस्य देवकुमार राई र गीता श्रेष्ठले पार्टी परित्याग गरेका हुन् । जसपाले जिल्ला कमिटीको बैठक बोलाएकै दिन उनीहरूले पार्टीबाट अलग भएको घोषणा गरेका हुन् । 

थापाका अनुसार जिल्ला सल्लाहाकार सदस्य पञ्चशेर राई, सचिवालय सदस्य दिपककुमार तामाङ, प्रवचन राई, मनोज राई, ऐँसेलुखर्क पालिका अध्यक्ष किशोर राई, ऐँसेलुखर्क उपाध्यक्ष कृष्ण राई लगायतले जसपा छाडेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप