शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भुवन केसीको मुद्दामा सर्वोच्चले अन्तरिम आदेश दिएन

सोमबार, ३० साउन २०७९, २१ : ३२
सोमबार, ३० साउन २०७९

चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीको नियुक्ति प्रक्रिया बदरको माग गर्दै सर्वोच्चमा दायर भएको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अन्तरिम आदेश गर्ने नगर्ने सम्बन्धनमा दुवै पक्षलाई छलफल गर्न उपयुक्त देखिएको भन्दै छलफलका लागि भदौ २ गतेको पेसी तोकेको हो ।

यसको साथै केसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा गरिएको नियुक्ति सम्बन्धी मन्त्रिपरिषद्को निर्णयसहितको सक्कल फाइल झिकाउन आदेशसमेत दिएको छ । केसीको शैक्षिक योग्यतादेखि उमेरसम्म विवादास्पद देखिएको, उनीविरुद्ध यौन दुर्व्यवहारको मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा सरकारले विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको भन्दै नियुक्ति प्रक्रिया बदर गर्न रिट निवेदनमा माग गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप