गठबन्धन कार्यदलको बैठक निष्कर्षविहीन, गाँठो फुकाउन आन्तरिक छलफल गरिने
सोमबार, ३० साउन २०७९, १९ : ०६
सत्ता गठबन्धनको कार्यदलको बैठक विना निष्कर्ष सकिएको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक बिना निष्कर्ष टुंगिएको हो । सञ्चारमन्त्री तथा कार्यदलका सदस्य ज्ञानेन्द्र कार्कीले भने, ‘छलफल जारी नै छ । अहिलेसम्म सहमति भएको छैन । अब अर्को बैठक बुधबार ४ बजे बस्छ ।’ कार्यदलको बैठकमा अहिलेसम्म ठोस रुपमा छलफल अगाडि नबढेको काँग्रेस महामन्त्री गगन थापाले बताए ।
उनले भने, ‘अहिलेसम्म ठोस रुपमा छलफल भएको छैन । बुधबार ठोस रुपमा छलफल हुन्छ होला ।’ मंगलबार आन्तरिक र अन्तरपार्टी छलफल गर्ने कार्यदलका सदस्यको तयारी छ । उनले भने, ‘पाँच दल एकै ठाउँमा बस्दा गाँठो फुकेन । भोलि हामी आ– आफू र अरु दलसँग बस्छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको ‘इन्जिन अफ ग्रोथ’ जलविद्युत र पर्यटन : अध्यक्ष नेपाल
-
आगोले जलेर महिला गम्भीर, आकस्मिक कक्षमा डाक्टर नहुँदा प्राथमिक स्वास्थ केन्द्रमा तालाबन्दी
-
टेभेज अस्पतालबाट डिस्चार्ज
-
‘स्टक एनालिटिक्स सफ्टवेयर’ : सेयर कारोबारमा नयाँ आयाम
-
बसको ठक्करबाट तीर्थयात्रीको मृत्यु
-
एम्बाप्पेको कीर्तिमानमा लिग उपाधिबाट पीएसजी मात्र एक कदम टाढा