बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कुत्सित स्वार्थहरुको व्यवस्थापन महानगरले गरिदेला भन्ने सोच्नु भ्रम हो : बालेन

सोमबार, ३० साउन २०७९, २० : १२
सोमबार, ३० साउन २०७९

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले आफ्ना कुत्सित स्वार्थहरुको व्यवस्थापन महानगरले गरिदेला भन्ने भ्रममा नपर्न आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै मेयर साहले महानगर कसैलाई हराउने खेलमा नभएर सवैलाई जिताउने खेलमा लागेका बताए ।

उनले लेखेका छन्, ‘पुन: भन्न चाहन्छौँ, व्यवस्थापन हाम्रो स्वार्थहरुको गर्नु पर्ने होइन, फोहोरको हो । आफ्ना कुत्सित स्वार्थहरुको व्यवस्थापन महानगरले गरिदेला भन्ने सोच्नु भएको छ भने त्यो भ्रम हो । त्यसो भन्दैमा कसैलाई हराउने खेलमा महानगर छैन । सबैले जित्ने कार्यक्रम लागू गर्ने योजनामा महानगर छ ।’ उनले सोमबार पनि फोहोर व्यवस्थापनमा सत्तारुढ दलकै स्थानीय नेताहरुले अवरोध गरेको उल्लेख गरेका छन् ।

उनले फोहोर व्यवस्थापनमा राज्य संरचना निरीह बनेको टिप्पणी गरेका छन् । उनले लेखेका छन्,  ‘२०० भन्दा बढी प्रहरी परिचालन गर्दा पनि स्थानीयले लुक्दै गुलेली हान्न सक्ने अवस्था किन बन्छ ? पुरै राज्य संरचना यस्तो निरिह किन बन्छ ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप