शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपा नेपाल साझा घर हो, सबैलाई ‘स्पेस’ छ :  महामन्त्री बर्तौला

सोमबार, ३० साउन २०७९, २१ : ५०
सोमबार, ३० साउन २०७९

राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले राप्रपा नेपाललाई सबै नेपालीको साझा घर बनाउनु पर्नेमा जोड दिएका छन् । उनले पार्टीमा विचारका आधारमा निषेध नगरिने भन्दै सबैलाई ‘स्पेस’ रहेको बताए । राष्ट्रिय युवा मोर्चा नेपालद्वारा आज आयोजित एक कार्यक्रममा बोल्दै उनले राप्रपा नेपाल सकारात्मक परिवर्तनको निमित्त जनताको मन मष्तिष्कको बदल्ने आन्दोलनको नेतृत्व गरिरहेको बताए ।

उनले आगामी निर्वाचनमा राप्रपा नेपाललाई राष्ट्रिय पार्टी बनाउन युवाहरुको महत्त्वपूर्ण भूमिका र जिम्मेवारी रहने विचार ब्यक्त गरे । परिवर्तनका सम्वाहक शक्ति युवाहरुले अहिले मुलुकमा विद्यमान रहेको चरम भ्रष्टाचार , कुशासन, महङ्गी, बेरोजगारीको विरुद्धमा आवाज उठाउँदै र अहिलेको राजनीति प्रणाली परिवर्तन गर्न अग्रसर हुनुपर्ने वताए ।

युवा मोर्चाका अध्यक्ष नगेन्द्र देउजाले राप्रपा नेपालको गति रोक्ने खोज्ने षडयन्त्रलाई परास्त गर्दै पार्टीलाई राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको रुपमा स्थापित गराई छाड्ने दृढता ब्यक्त गरे । भेलाले रविन उप्रेतीको अध्यक्षतामा ३५ युवा मोर्चा सिन्धुपाल्चोक जिल्ला समिति चयन गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप