शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अफगानिस्तानमा बाढीका कारण ३२ जनाको मृत्यु

सोमबार, ३० साउन २०७९, २३ : २०
सोमबार, ३० साउन २०७९

अफगानिस्तानको परवान प्रान्तको शिनवारी र सिया गार्द जिल्लाहरूमा बाढीका कारण कम्तीमा ३२ जनाको मृत्यु  भएको छ भने २० भन्दा बढी घाइते भएका छन्। यो सँगै सयौं घर ध्वस्त भएको स्थानीय अधिकारीले बताएका छन् । प्रान्तीय सूचना तथा संस्कृति विभागका प्रमुख शम्स रहमान सादेक्कीले सयौं घर ध्वस्त भएको टोलो न्युजलाई बताएका छन्  । अफगानिस्तानमा भारी वर्षा र अचानक आएको बाढीले सो क्षति पुर्याएको छ ।

अफगानिस्तानको लोगार, वार्दक र खोस्ट प्रान्तमा महिला र बालबालिकासहित कम्तीमा २१ जना घाइते पनि  स्थानीय सञ्चारमाध्यमले शनिबार जनाएका छन् । देशको पूर्वी र मध्य क्षेत्रमा अवस्थित तीन प्रान्तहरूमा विगत केही दिनदेखि परेको भारी वर्षा र अचानक आएको बाढीले ठूलो सङ्ख्यामा गाउँ-बस्तीहरू प्रभावित गरेको खामा प्रेसले  उल्लेख गरेको छ । साथै बाढीले पोलए आलमका  थुप्रै ठाउँहरू बगाएको छ। बाढीले सयौं आवासीय संरचना, हजारौं एकड खेतबारी र दर्जनौं बगैंचामा क्षति पुर्याएको  पनि स्थानीयबासीले बताएका छन् ।

यस क्षेत्रमा सयौं परिवार घरबारविहीन  बन्दै विस्थापित भएका छन् । साथै  दक्षिण–पूर्वी अफगानिस्तानको पक्तिया, मैदान वर्दक र खोस्ट प्रान्तहरूमा पनि बाढीले आर्थिक र मानवीय क्षति पुर्याएको खामा प्रेसले जनाएको छ।

यसै बीच करिब दुई साताअघि अफगानिस्तानको पूर्वी नुरिस्तान प्रान्तको एउटा गाउँमा बाढीले बगाउँदा महिला र बालबालिकासहित ४० जनाभन्दा बढीको  ज्यान गएको थियो भने थुप्रै घाइते भएका थिए। अफगानिस्तानको पन्जशिर र तखार प्रान्तमा भीषण वर्षा र अचानक आएको बाढीले ठूलो धनजनको क्षति गरेको बताइएको छ ।

भारी वर्षाले करिब २,९०० घरमा क्षति पुर्याएको छ । सडक र पुलहरू जस्ता महत्त्वपूर्ण नागरिक पूर्वाधारहरू पनि प्रभावित भएका छन्। यो सँगै गत महिना अफगानिस्तानमा मनसुनी वर्षा र बाढीका कारण करिब ४०० जनाको ज्यान गएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप