नागरिकता विधेयक फास्ट ट्रयाकबाट पुन: राष्ट्रपतिसमक्ष पठाइने

person explore access_timeसाउन ३१, २०७९ chat_bubble_outline0

राष्ट्रपतिको कार्यालयबाट सन्देशसहित संसद्मा फिर्ता भएको नागरिकता विधेयकलाई फास्ट ट्रयाकबाट राष्ट्रपतिसमक्ष पठाउने तयारी गरिएको छ । 


गहन अध्ययन, छलफल, विमर्श र विश्लेषणसहित पुनर्विचार हुन वाञ्छनीय भएको भन्दै विधेयक फिर्ता भए पनि सत्तारुढ दलले बहुमतको बलमा यसलाई जस्ताको तस्तै राष्ट्रपतिसमक्ष पठाउने तयारी गरेको हो । 



सभामुख अग्निप्रसाद सापकोटाले आइतबार गृहमन्त्री बालकृष्ण खाण र कानुनमन्त्री गोविन्दप्रसाद कोइरालासँग छलफल गरेपछि कार्य व्यवस्था परामर्श समितिको बैठकबिनै मंगलबारको कार्यसूचीमा नागरिकता एन २०६३ लाई संशोधन गर्न बनेको विधेयक सन्देशसहित फिर्ताबारे राष्ट्रपतिको कार्यालयको पत्र जानकारी गराउने विषय राखेका छन्  । फिर्ता विधेयकबारे जानकारी गराएपछि अर्को बैठकमा छलफल गर्ने गरिन्छ । यो खबर आजको नागरिकदैनिकमा प्रकाशित छ । 



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।