शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विकास र परिवर्तनका लागि  एकता र साझा संकल्पको खाँचो छ : मन्त्री विष्ट

मङ्गलबार, ३१ साउन २०७९, ०७ : ०८
मङ्गलबार, ३१ साउन २०७९

कर्णाली प्रदेश सरकारका अर्थमन्त्री विन्दमान विष्टले जनता र जनप्रतिनिधिबीचको असमानताका कारण विकास र परिवर्तन पछि परेको बताएका छन् । विकास र परिवर्तन चाहने हो भने जनता र जनप्रतिनिधिहरु बीचको दुरी अन्त्य हुन आवश्यक रहेको उनले बताए । 

सोमबार बराहताल गाउँपालिकाको जन भेटघाट कार्यक्रममा पुगेका मन्त्री विष्टले भने,‘जनता र नेताबीचको संस्कार, स्वभावमा एकरुपता छैन् । जसले गर्दा हामी पछि परिरहेका छौं । विकास र समृद्धिका लागि एकता र साझा संकल्पको आवश्यक छ ।’ 

एउटा पार्टीबाट चुनाव लडेर जितेको नेता, जनप्रतिनिधि गाउँमा आएको खण्डमा अर्को पार्टीका कार्यकर्ताहरु, आस्था राख्ने जनताहरु सहभागि नहुने गरेको उनको दुःखेसो छ ।  आफ्नो पार्टीको नेता आएको खण्डमा गुनासो राख्ने अर्को पार्टीको मान्छे आएको फर्केर नहर्ने परिपाटीको अन्त्य हुनुपर्ने मन्त्री विष्टले बताए । कार्यक्रममा स्थानीयले खानेपानी, सडक र विद्युतको सन्दर्भमा समस्याहरु सुनाएका थिए । जवाफमा उनले राज्यसँग भएका सीमित साधन र स्रोतबाट क्रमशः यी समस्या समाधान गरिने बताए ।  

विद्युतीकरणको सन्दर्भमा मन्त्री विष्टले पश्चिम क्षेत्रमा ५० प्रतिशत विद्युतीकरण भएको र बाँकी रहेका ठाउँमा एकमुस्ट विद्युतीकरण गर्ने गरी टेन्डर भएको जानकारी गराए । साथै उनले आगामी आर्थिक वर्षमा प्रदेश र संघसँगको समन्वयमा सभा हलसहितको वडा कार्यालय स्थापना गर्नतर्फ ध्यान दिन वडाअध्यक्षहरूलाई निर्देशन समेत दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप