बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

इङ्ग्लिस प्रिमियर लिग : दोस्रो खेलमा पनि लिभरपुल अंक बाढ्न बाध्य

मङ्गलबार, ३१ साउन २०७९, ०७ : ४२
मङ्गलबार, ३१ साउन २०७९

लुइस डियाजको गोलमा लिभरपुल गएराति इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत क्रिस्टल प्यालेससँग हारबाट जोगिएको छ । घरेलु मैदान एनफिल्डमा १-० ले पछि परेको लिभरपुललाई डियाजले उद्दार गरेका हुन् । खेलको ३२ औँ मिनेटमा प्यालेसका वलफ्रिड जहाले गोल गर्दै अग्रता लिए ।

यसपछि लिभरपुल ५७ औँ मिनेटमा  १० खेलाडीमा  सिमित भयो । यसै सिजन अनुबन्ध भएका डार्बिन नुनेजले रातो कार्डको सामना गरे । खेलको ६१ औँ मिनेटमा डियाजले गोल गर्दै लिभरपुललाई हारबाट जोगाए ।

लगातार दोस्रो बराबरीसँगै  लिभरपुल दुई खेलबाट दुई अंक बोक्दै १२ औँ स्थानमा छ । यसअघि लिभरपुल पहिलो खेलमा फुलहमसँग २-२ को बराबरीमा रोकिएको थियो । यस्तै, प्यालेस पहिलो अंक जोड्दै १६ औं स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप