खतिवडाले छाडे बाबुरामको साथ
मंगलबार, ३१ साउन २०७९, १० : १०
नेपाल समाजवादी पार्टीका नेता डम्बर खतिवडाले आफू पार्टीको साधारण सदस्यसमेत नरहने घोषणा गरेका छन् । वैकल्पिक शक्ति निर्माणको वकालत गर्दै आएका खतिवडाले जसपा-नेसपा लफडाबाट मुक्त भएको घोषणा गरेका हुन् ।
नेसपा र माओवादी एउटै चुनाव चिह्नबाट लड्ने भएपछि आफूले सो निर्णय लिएको बताउँदै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘करिब ८ वर्षको सहकार्यका लागि डा. बाबुराम भट्टराई र साथै करिब ३ वर्षको सहकार्यका लागि उपेन्द्र यादव र उहाँहरूको टिमप्रति आभारी छु । आजबाट जसपा-नेसपा लफडाबाट पूर्णतः मुक्त छु। नेसपा-माओवादी एउटै चिन्ह हँसिया हथौडाबाट चुनाव लड्ने निर्णयपछि अब म नेसपाको साधारण सदस्य पनि रहिन। धन्यवाद।’
यता माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी संयुक्त दल दर्ताका लागि आजै निर्वाचन आयोग जाने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिशूली जलविद्युत् आयोजना : हिउँदमा दैनिक ४ घण्टा पूर्ण क्षमतामा चल्ने
-
प्रि-ओपन सेसन नेप्सेमा सामान्य अङ्कले वृद्धि
-
टर्की : भूकम्पबाट बाँचे तर खुल्ला आकाश मुनी ठिहिर्याउने चिसोमा कसरी बसिरहेका छन् मानिस ?
-
काठमाडौँका सडकपेटीमा असरल्ल निर्माण सामग्री, तस्बिरमा हेर्नुस्
-
सिके राउतले आफ्नै दाइलाई बनाए योजना आयोगकाे सदस्य
-
शिवम सिमेन्टको एक मात्र लक्ष्य गुणस्तरीय उत्पादन हो : उपाध्यक्ष अग्रवाल