बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कपिलदेखि भारतीसम्म, यस्तो छ कमेडियनको सम्पत्ति

मङ्गलबार, ३१ साउन २०७९, १२ : ०८
मङ्गलबार, ३१ साउन २०७९

एक समय फिल्मका नायक–नायिकाको मात्र अन्तर्राष्ट्रिय पहिचान हुन्थ्यो । तर अहिले हास्यकलाकार समेत विश्वमा चिनिन थालेका छन् । राजु श्रीवास्तव, भारती सिंह, कपिल शर्मा लगायतका भारतमा केही कमेडियन यस्ता पनि छन् । जसको फ्यान विश्वभर छन् । एउटा कार्यक्रमका लागि उनीहरूले रकम पनि कमाउँछन् । 

राजु श्रीवास्तव ः राजु श्रीवास्तव अहिले अस्पतालमा छन् । १० अगस्तमा हृदयघात भएको कारण उनी अस्पताल भर्ना भएका हुन् । त्यसपछि उनको अवस्था नाजुक बन्दै गएको थियो । तर, अहिले उनी निको भइरहेका छन् । फ्यानहरुले उनको स्वास्थ्य लाभको कामना गरिरहेका छन् । राजु श्रीवास्तवले आफ्नो करियरमा धेरै कमेडी शो गरेका छन् । यसका लागि उनले मोटो रकम लिने गर्दछन् । उनी करोडौंको सम्पत्तिका मालिक हुन् । रिपोर्टका अनुसार उनको कुल सम्पत्ति २० करोड (भारु) छ ।

कपिल शर्मा ः कपिल शर्मालाई कुनै परिचय चाहिँदैन । कुनै समय स्टेज शो गर्थे तर अहिले उनी आफ्नै शो चलाउँछन्, जसमा धेरै कलाकारहरू गेष्टको रूपमा पुग्ने गर्छन् । उनी बलिउड कार्यक्रमका पनि होस्ट गर्छन् । रिपोर्टका अनुसार कपिल शर्माले एक महिनामा करिब ३ करोड रुपैयाँ कमाउँछन् र उनको कुल सम्पत्ति २४५ करोड (भारु) रहेको छ ।

कृष्ण अभिषेक ः कमेडीको दुनियाँमा कृष्णा अभिषेकको नाम निकै चर्चित छ । उनी धेरै कमेडी शोमा देखा परेका छन् । उनको कमेडी देखेर फ्यानहरू निकै उत्साहित छन् । रिपोर्टका अनुसार कृष्णा अभिषेकको कुल सम्पत्ति करिब २२ करोड (भारु) छ । उनले मासिक ३६ लाखभन्दा बढी कमाउँछन्।

भारती सिंह ः भनिन्छ, भारती सिंह भएको स्थानमा वातावरण रमाइलो हुन्छ । स्टेज शो गर्नुका साथै उनी सामाजिक सञ्जालमा पनि आफ्ना फन्नी भिडियो शेयर गरिरहन्छिन् । रिपोर्टका अनुसार भारतीको कुल सम्पत्ति करिब २२ करोड (भारु) रहेको छ । उनी महिनामा २५ लाखभन्दा बढी कमाउँछन् ।

सुनिल ग्रोवर ः द कपील शर्मा शोमा डाक्टर गुलाटीको रूपमा चर्चित सुनिल ग्रोवर पनि कमेडीको दुनियाँका चम्किलो तारा हुन् । उनी विभिन्न पात्रका लागि परिचित छन् । उनको डाक्टर गुलाटीको रूप दर्शकले निकै रुचाएका थिए । ग्रोवरसँग करिब १८ करोड (भारु) सम्पत्ति छ । उनले मासिक २५ लाखभन्दा बढी कमाउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप