शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतमा ३९ प्रहरी बोकेको बस दुर्घटना, कम्तीमा सातको मृत्यु

मङ्गलबार, ३१ साउन २०७९, १२ : ५५
मङ्गलबार, ३१ साउन २०७९

कश्मिरको पहलगाममा आइटीबीपी (इन्डो तिब्बतन बोर्डर पुलिस) को बस दुर्घटनाग्रस्त भएको छ । बसमा आइटीबीपीका ३७ र जम्मु कश्मिर प्रहरीका दुई जवान सवार थिए ।

भारतीय सञ्चार माध्यम दैनिक भास्करले रिपोर्टलाई उद्धृत गर्दै सात जवानको मृत्यु भइसकेको जानकारी दिएको छ ।

घटनास्थलबाट आएको तस्बिरमा बस पूर्ण रुपमा क्षतीग्रस्त भएको देखिएको छ । समाचार एजेन्सी एएनआईका अनुसार यी जवान चन्दनबाडीबाट पहलगाम जाँदै थिए । बसको ब्रेक फेल भएका कारण दुर्घटना भएको हुनसक्ने आशंका गरिएको छ ।

सीमा सुरक्षा बलले एक ट्वीट गरेर अमरनाथ यात्राको ड्युटीबाट फर्किरहेका जवानलाई बोेकेको बसको दुर्घटना भएको जानकारी दिएको  छ ।

बस साधुपडाव र चन्दनवाडीको बीचको एक ढलानबाट नदीमा खसेको हो ।

नजिकै तैनाथ बीएसएफका जवान घटनास्थलमा पुगेका छन् र सबैभन्दा उद्दारकार्यमा जुटेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप