आईएमई लाइफ इन्स्योरेन्सद्वारा ५८४८ विद्यार्थीलाई बीमा साक्षरता

person explore access_timeसाउन ३१, २०७९ chat_bubble_outline0

आईएमई लाइफ इन्स्योरेन्सले आइतबार सातवटै प्रदेशका शैक्षिक प्रतिष्ठानहरुमा  बीमा साक्षरता जागरण अभियान सम्पन्न गरेको छ । 


आई.एम.ई लाइफ इन्स्योरेन्सको स्थापनाको पाँचौं वर्ष पुरा गरेको अवसरमा मुलुकभर बीमा साक्षरता जागरण अभियान गरिएको हो । आई.एम.ई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले बीमा क्षेत्रको समग्र विकास एवं विस्तारकोलागि विद्यालय र क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी बीमा साक्षरता जागरण अभियान सञ्चालन गरिएको जानकारी दिए ।   नेपालको बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिको उद्देश्यलाई आत्मसात गर्दै बीमा साक्षरता जागरण अभियान गरिएको कम्पनीले जनाएको छ ।



मुलुकभर गरिएको बीमा साक्षरता जागरण कार्यक्रममा ५ हजार भन्दा बढी विद्यार्थी सहभागी थिए । ६० भन्दा बढी विद्यालय एवं क्याम्पसमा जनचेतना प्रवाह गरिएको थियो ।  एकैदिन ५८४८ भन्दा बढी विद्यार्थीलाई बीमा सम्बन्धी जनचेतना प्रवाह गरेको बीमा क्षेत्रमा सम्भवतः यो पहिलो पटक भएको कम्पनीको भनाइ छ । 



कम्पनीका प्रमुख सञ्चालन अधिकृत दिनेश अमात्यका अनुसार, विद्यार्थीहरुलाई बीमा सम्बन्धी प्रचलित ऐनका साथै बीमाको महत्व  र राष्ट्र विकासमा बीमाको महत्वपूर्ण भूमिकाको विषयमा जानकारी दिइएको थियो ।  आई.एम.ई लाइफ इन्स्योरेन्सले पाँचौ वर्ष पुरा गरेको अवसरमा एकैदिनमा ७४८ जनालाई बीमा अभिकर्ता तालिम,  ५७१ जनाबाट वृहत रक्तदान तथा सातै प्रदेशमा १३०२ जना लाभान्वित हुनेगरी स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरिसकेको छ ।
 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।