शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हरितालिका तीजको अवसरमा सानिमा बैंकको कोसेली योजना

मङ्गलबार, ३१ साउन २०७९, १४ : ०८
मङ्गलबार, ३१ साउन २०७९

सानिमा बैंकले हरितालिका तीजको अवसरमा तीजको कोसेली योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत सानिमा नारी बचत खाता खोल्ने ग्राहकहरुलाई डेविट÷क्रेडिट कार्ड, डिम्याट खाता, मेरो शेयर, मोबाइल बैंकिङ्ग, एनसेल सिम कार्ड, युएसडी इ–कार्ड (पहिलो टपअप) निःशुल्क जारी गरिने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

साथै, लकर शुल्कमा ७५% छुट प्राप्त गर्न सकिनेछ ।  यसैगरी पहिलो पीओएस कारोबारमा १०% वा अधिकतम रु. ५०० सम्मको क्यासब्याक प्राप्त गर्न सकिनेछ ।  यो योजना २०७९ भाद्र १ देखि भाद्र १५ गतेसम्म लागू हुनेछ भने क्यासब्याक योजना २०७९ भाद्र मसान्तसम्म लागू हुनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप