राष्ट्रपतिद्वारा विन्ध्यवासिनी मन्दिरमा पूजाअर्चना
मङ्गलबार, ३१ साउन २०७९, १४ : १०
राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान पोखराको विन्ध्यवासिनी मन्दिरमा पूजाअर्चना गरेकी छन् । सो अवसरमा राष्ट्रपति भण्डारीले विन्ध्यवासिनीको मुख्य मन्दिरसहित परिसरका शिव र लक्ष्मीनारायण मन्दिरको दर्शन गरेकी हुन् ।
राष्ट्रपति भण्डारीलाई विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठ, सचिव तीर्थ श्रेष्ठ, कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य लगायतले मन्दिरमा स्वागत गरेका थिए । सो अवसरमा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका तर्फबाट राष्ट्रपति भण्डारीलाई अध्यक्ष श्रेष्ठले मन्दिरका सम्बन्धमा जानकारी गराउनुका साथै मायाको चिनो हस्तान्तरण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्री जम्कट्टेललाई एकीकृत समाजवादीको काउन्टर
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छ : अर्थमन्त्री पुन
-
मन्त्रिपरिषद् बैठकमा सहकारीको समस्याबारे गम्भीर छलफल
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
बीआरआई परियोजनाबारे बृहत गृहकार्यको आवश्यकता