मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

एनआईसी एशियाद्वारा ३० लाख बीमा रकम भुक्तानी

मङ्गलबार, ३१ साउन २०७९, १४ : २३
मङ्गलबार, ३१ साउन २०७९

एनआईसी एशिया बैंकले ‘सर्वश्रेष्ठ बचत खाता योजना’ अन्तर्गत बैंकका विभिन्न शाखामा बचत खाता खोलेका ३ जना ग्राहकका परिवारलाई बीमा बापतको रकम हस्तान्तरण गरेको छ । ती ग्राहकको दुर्घटनामा परी मृत्यु भएकाले १० लाखका दरले परिवारलाई जम्मा ३० लाख रुपैयाँ भुक्तानी गरेको हो । 

बीमा लाभ प्राप्त गर्नेमा त्रिपुरेश्वर शाखामा खाता खोलेका  शिव प्रसाद सुवेदी, ग्वार्को शाखामा खाता खोलेका टंक प्रसाद घिमिरे र साँफेबगर शाखामा खाता खोलेका ज्ञान बहादुर चौधरीको मृत्यु भएपछि परिवारलाई रकम हस्तान्तरण गरिएको हो । खातावालहरुको हिताधिकारीहरुलाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र सुदुरपश्चिम प्रदेश प्रमुख सुवास जोशीले फरक फरक कार्यक्रमका बिच बीमा रकम बराबरको चेक हस्तान्तरण गरेको बैकले जनाएको छ ।  बैंकले सो बीमा रकम नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा भुक्तानी गरेको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप