शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यस्तो छ ७९ वर्षीय अमिताभको फिटनेस रहस्य

मङ्गलबार, ३१ साउन २०७९, १५ : ०९
मङ्गलबार, ३१ साउन २०७९

बलिउडका स्टार आफ्नो फिटनेसलाई लिएर सचेत छन् । जसको जल्दोबल्दो उदाहरण बलिउडका महानायक  अमिताभ बच्चनलाई लिन सकिन्छ । उनी ७९ वर्षको उमेरमा पनि पूर्ण रूपमा फिट देखिन्छन् । ठूलो पर्दामा मात्रै होइन, सानो पर्दामा समेत उनी आफ्नो जादु छर्न सफल मानिएका छन् । अक्सर मानिसहरु यो उमेरमा आराम गर्छन् । तर अमिताभ बच्चन दिनमा १६ घण्टा काम गर्छन् । फिटनेसको मामिलामा अमिताभ बच्चनले युवालाई पनि पछि पारेका छन् भन्दा गलत नहोला । किनभने यस्तो छ उनको फिटनेसको रहस्य ।

मिठाई र चिया–कफीबाट टाढा
आफूलाई फिट राख्न अमिताभ बच्चन आफ्नो डाइटमा विशेष ध्यान दिन्छन् । रिपोर्टका अनुसार उनी मिठाई खाँदैनन् । उनले मिठाई, केक लगायतबाट आफूलाई टाढा राखेका छन् । मांसाहारी पनि त्यागेर उनी अहिले शाकाहारी खाना लिन्छन् । उनी चिया–कफी पनि पिउँदैनन् । एक समय थियो जब उनी कफी पिउन मनपराउथे, तर केही वर्ष पहिले उनले त्यो बानी पनि छोडे ।

चुरोट र रक्सी नछुने
बच्चन फिल्म अभिनयमा चुरोट र रक्सीको साथ धेरै पटक देखिएका छन् । तर वास्तविक जीवनमा भने उनी यसबाट टाढै छन् । कुनै समय उनी रक्सी र चुरोट पिउने गर्थे । तर स्वास्थ्य बिग्रिएपछि उनले यसबाट दुरी बनाए । मदिरा र चुरोटबाट टाढा रहेको कारण पनि उनलाई फिट रहन सहज भएको हो ।

कसरत र आहार
बच्चन दैनिक व्यायाम गर्छन् । बिहानको पैदल यात्रा र योग उनको दैनिक दिनचर्यामा पर्छ । यसका साथै मनलाई शान्त राख्न ध्यानको सहारा लिन्छिन् । नियमित कसरत गर्नु र दिनचर्या पालन गर्नु नै उनको फिटनेसको रहस्य हो । यसको अलवा उनी आफ्नो डाइट प्लानको पनि पूरा ख्याल राख्छन् । उनी दैनिक तुलसीको पात, प्रोटिनयुक्त खाना, नरिवलको पानी र अमलाको जुस पिउने गर्छन् । उनी दिनमा खजुर, केरा र धेरै पानी समेत पिउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप