गुराँस लाइफ इन्स्योरेन्सले ७.४४ प्रतिशत बोनस सेयर दिँदै
मङ्गलबार, ३१ साउन २०७९, १५ : १६
गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ। कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को संचित मुनाफाबाट ७.४४ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । साथै, बोनसमा लाग्ने कर तिर्नको लागि ०.३९ प्रतिशत नगद लाभांश पनि खर्च गर्नेछ।
कम्पनीले ७.४४ प्रतिशतले हुन आउने १५ करोड ५१ लाख २० हजार रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.३९ प्रतिशतले हुन आउने ८१ लाख ६४ हजार २१०.५३ रुपैयाँ नगद लाभांश दिने भएको हो ।
प्रस्तावित लाभांश बीमा समितिको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरूलाई वितरण गर्ने कम्पनीले जनाएको छ। हाल कम्पनीको चुक्तापुँजी दुई अर्ब आठ करोड ४२ लाख ५० हजार रुपैयाँ रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा राप्रपा तटस्थ
-
पूर्वमुख्यमन्त्री शर्माले भने– कसैले कसैलाई दोष लगाएर केही हुनेवाला छैन
-
कोशीको लगातार छैटौँ हार, कर्णाली ५ विकेटले विजयी
-
५२० मिटर सडक खनेर झण्डै ३९ लाख भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा
-
बागमती प्रदेशमा बोलिने सबै भाषाभाषीको संरक्षण हुन्छ : मन्त्री श्रेष्ठ
-
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी र बदमासी अन्त्य गर्न श्रम मन्त्रालयलाई निर्देशन