बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसले पनि गरायो दल दर्ता (तस्बिरहरु)

मङ्गलबार, ३१ साउन २०७९, १६ : १५
मङ्गलबार, ३१ साउन २०७९

नेपाली काँग्रेसले आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि मंगलबार दल दर्ता गराएको छ । काँग्रेसका उपसभापति धनराज गुरुङ र मुख्यसचिव कृष्णप्रसाद पौडेल दल दर्ताका लागि मंगलबार अपरान्ह निर्वाचन आयोगको कार्यालय पुगेका थिए ।

सहयोगीका रुपमा काँग्रेस केन्द्रीय कार्यालयका सचिवद्वय प्रकाश शर्मा र केशव रिजाल पनि निर्वाचन आयोग पुगेका थिए । निर्वाचन आयोगले आगामी निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय मंगलबारसम्म तोकेको थियो । काँग्रेसले अन्तिममा मंगलबार दल दर्ता गरेको हो ।

केन्द्रीय समितिमा ३३ प्रतिशत महिला सहभागिता नहुँदा काँग्रेसले ढिलो गरी दल दर्ता गरेको हो । सभापति शेरबहादुर देउवाले मंगलबार १० जना महिलालाई केन्द्रीय सदस्य मनोनित गरेपछि दल दर्ता गर्न काँग्रेसलाई सहज भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप