शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गत आर्थिक वर्षमा २ खर्बको निर्यात, १९ खर्बको आयात

मङ्गलबार, ३१ साउन २०७९, २० : ००
मङ्गलबार, ३१ साउन २०७९

आर्थिक वर्ष २०७८/७९ को आयात निर्यातको असमान दुरी थप लम्बिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष भित्र कुल १९ अर्ब २० अर्ब रुपैयाँ बराबरका विदेशी वस्तु तथा सेवाको आयात हुँदैगर्दा जम्मा २ खर्ब ३ करोड रुपैयाँको निर्यात भएको छ ।

यद्यपि, अघिल्लो वर्षको तुलनामा यस वर्ष नेपालले ४१.७ प्रतिशतले निर्यात वृद्धि गरेको हो । मंगलबार आर्थिक वर्ष २०७८/७९ को वित्तीय रिपोर्ट सार्वजनिक गरेको बैंकले वर्षभरिमा कुल वस्तु निर्यात ४१.७ प्रतिशतले वृद्धि भई रु.२ सय अर्ब ३ करोड पुगेको जनाएको छ । अघिल्लो वर्ष यस्तो निर्यात ४४.४ प्रतिशतले वृद्धि भएको थियो । 

गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ४५.९ प्रतिशत र ३०.४ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात २०.४ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पाम तेल, ऊनी गलैँचा, धागो (पोलिष्टर तथा अन्य), जिंक शिट, जुस लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, अलैंची, चिया, औषधी (आयुर्वेदिक), तार लगायतका वस्तुको निर्यात घटेको छ ।

यस्तै, समीक्षा वर्षमा कुल वस्तु आयात २४.७ प्रतिशतले वृद्धि भई रु.१९२० अर्ब ४५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आयात २८.७ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २३.५ प्रतिशत, १३.२ प्रतिशत र ३६.३ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधी, कच्चा पाम तेल, स्पंज आइरन, सुन लगायतका वस्तुको आयात बढेको छ भने एम.एस.विलेट, सिमेन्ट, धान तथा चामल, दाल, मेडिकल उपकरण लगायतका वस्तुको आयात घटेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप