शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दल दर्ताका लागि निवेदन दिएका दलहरूको जाँच बुधबारबाट हुने

मङ्गलबार, ३१ साउन २०७९, २० : ०५
मङ्गलबार, ३१ साउन २०७९

निर्वाचन आयोगले निर्वाचन प्रयोजनार्थ आयोगमा दर्ताका लागि निवेदन दिएका सबै दलको भोलि (बुधवार) बाट जाँच गर्ने भएको छ । मंगलवार निर्वाचन आयोगमा दल दर्ता निवेदन गर्न पुगेका दलहरूको बारेमा जानकारी गराउँदै आयोगले यस्तो बताएको हो ।

सञ्चारकर्मीसँगको कुराकानीमा निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचन प्रयोजनार्थ आयोगमा दल दर्ताको निवेदन दिएका सबै दलहरूको भोलिबाट जाँचपरक गर्ने, हेर्ने, कानून बमोजिम छन् कि छैनन् ? प्राप्त गर्नुपर्ने सबै कागजात छ कि छैन भन्नेकुराको परीक्षण शुरु हुने बताए । उनले सबै कुराको परीक्षण गरेर दलहरूलाई दर्ताका लागि आयोगमा पेस गर्ने काम शुरु हुने बताए । उनले आयोगले निर्णय गरेपछि, कानूनसम्मत आयोगले ठहर गरेको खण्डमा आगामी निर्वाचन प्रयोजनका लागि दलहरु दर्ता हुने बताए ।  

प्रवक्ता पौडेलले संयुक्त निर्वाचन चिन्ह लिएर चुनावमा प्रतिष्पर्धा गरेपनि निर्वाचनपछि भने सबैभन्दा बढी सिट ल्याउने दलको नाममा संसदीय दल गठन हुने बताए । उनले चुनावमा कुनै एउटा चिन्हबाट प्रतिष्पर्धा गरेको भएपनि निर्वाचनपछि चुनाव चिन्ह लिएको दलको भन्दा अर्को पार्टीले बढी सिट ल्याएमा बढी सिट ल्याएको पार्टीको नाममा संसदीय दल गठन हुने बताए । उनले पार्टीमा सदस्य फरकफरक भएपनि संसदीय दल भने एउटै रहने बताए । उनले संसदीय दलको ह्वीप यदी मानेनन् भने त्यसमा सदस्यता नरहने सम्मको कानूनी व्यवस्था रहेको उल्लेख गरे ।  

प्रवक्ता पौडेलले मतदाता नामावली अद्यावधिकको काम अहिले ७७ वटै जिल्लामा भइरहेको बताए । उनले निर्वाचन आयोगले अहिले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको पर्यवेक्षणको लागि अन्तर्राष्ट्रिय पर्यवेक्षकहरु पनि आह्वान गर्न लागेको बताए । निर्वाचनका लागि चाहिने सामग्रीहरु टेण्डरको लागि पनि काम भइरहेको उउनले बताए । उनले निर्वाचनका लागि चाहिने बजेटको बारेमा पनि छलफल भइसकेको बताए ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप