शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गभर्नरद्वारा नेपाल बैंकका सञ्चालक समिति अध्यक्षको शपथ

मङ्गलबार, ३१ साउन २०७९, २० : ५२
मङ्गलबार, ३१ साउन २०७९

नेपाल बैंकको सञ्चालक समिति अध्यक्ष गंगाप्रसाद ज्ञवालीले पथ तथा गोपनीयताको शपथ लिएका छन् । नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रममा गर्भनर महाप्रसाद अधिकारीले उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । 
बैंकका नवनियुक्त अध्यक्षलाई बधाई तथा शुभकामना दिँदै अधिकारीले ज्ञवालीको अनुभव तथा ज्ञानबाट बैंकलाई थप प्रतिस्पर्धी र सबल बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले पछिल्ला वर्षहरुमा नेपाल बैंकको वित्तीय अवस्थामा उल्लेख्य सुधार आएको र आगामी दिनमा समेत बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनको पालना, संस्थागत सुशासनमा सुधार तथा समग्र वित्तीय क्षेत्रको स्थायित्व कायम गर्नमा थप महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिए । 
उक्त कार्यक्रममा ज्ञवालीले नेपालको पहिलो बैंकको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी निर्वाह गर्ने अवसर प्राप्त भएकोमा प्रसन्नता गरे ।   
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बैंकको पछिल्लो वित्तीय अवस्थाको संक्षिप्त विवरण तथा पुराना खराब कर्जा असुलीका लागि बैंकले गरेका प्रयासहरूको जानकारी गराएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप