प्रधानमन्त्री देउवाद्वारा गिरिको स्वास्थ्य लाभको कामना
मङ्गलबार, ३१ साउन २०७९, २१ : २६
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्य लाभको कामना गरेका छन् । प्रधानमन्त्री देउवाले ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार गराइरहेका नेता गिरिको स्वास्थ्य लाभको कामना गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रतिनिधिसभा सदस्य गिरि विगत लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको सफल उपचारपश्चात् केही महिना पहिले नेपाल आएका थिए । नेपाल आउनासाथ निमोनिया देखिएकाले नेपाल मेडिसिटी अस्पतालमा यही साउन ९ गते भर्ना भई उनको उपचार भइरहेको छ । अस्पतालका डा पङ्कज बर्मनको नेतृत्वमा रहेको चिकित्सकको समूहले गिरिको उपचार गरिरहेको छ । चिकित्सक एवं परिवारका अनुसार उनको स्वास्थ्यमा क्रमिक सुधार देखिएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी