‘प्रेमगञ्ज’ लाई प्रिमियर मिश्रित प्रतिक्रिया
शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘प्रेमगञ्ज’ प्रिमियर गरिएको छ । मंगलबार नयाँ बानेश्वरस्थित वान सिनेमाज्मा आयोजित प्रिमिएरमा फिल्मका तेज गिरी, बेनिशा हमाल, सम्पदा बानियाँ लगायत कलाकार, निर्देशक, निर्माता, रंग पत्रकारको बाक्लो उपस्थिती रहेको थियो ।
प्रिमिएरमा फिल्मलाई मिश्रित प्रतिक्रिया मिलेको छ । परिच्छेद सेनले निर्देशन गरेको फिल्मले विवाहपछि पनि कायम रहने प्रेम र संघर्षलाई विषय बनाएको छ । फिल्ममा तेज गिरी, बेनिशा हमाल, सम्पदा बानियाँ पबन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का लगायत कलाकारको अभिनय छ । यो फिल्मबाट तेज गिरीले अभिनेताको रुपमा डेब्यु गरेका हुन् । तेज पेसाले बैंकर हुन् ।
फिल्ममा स्पट व्यायका रुपमा लामो समय काम गरेका राजु फुयाँलको प्रस्तुति रहेको फिल्म चलचित्र चौतारीको ब्यानरमा बनेको हो । यस फिल्मका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् । सञ्जय लामाको छायांकन रहेको फिल्म डेढ करोडको लगानीमा बनेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै