शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

शेखरले बुधबार विहान अनुपम फुडल्याण्डमा बोलाए जनप्रतिनिधिलाई

मङ्गलबार, ३१ साउन २०७९, २१ : ३५
मङ्गलबार, ३१ साउन २०७९

नेपाली काँग्रेसका नेता शेखर कोइरालाले काठमाडौंमा उपलब्ध काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिका लागि चियापान तथा भेटघाट कार्यक्रम राखेका छन् । नेता कोइराला बुधबार विहान ८ बजे बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा चियापान तथा भेटघाट कार्यक्रम आयोजना गरेको उनको सचिवालयले जनाएको छ ।

स्थानीय निर्वाचनमा काँग्रेसबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख तथा पालिका प्रमुख र उपप्रमुख साउन ३० र ३१ गते अभिमुखीकरण कार्यक्रममा लागि काठमाडौंका थिए । अभिमुखीकरण कार्यक्रममा सकिएको भोलिपल्ट कोइरालाले उनीहरुसँग चियापान तथा भेटघाट कार्यक्रम  राखेका हुन् ।

प्रधानमन्त्री तथा काँग्रेसका सभापति शेरबहादुर देउवाले भने जनप्रतिनिधिलाई सोमबार रात्रिभोज दिएका थिए । अभिमुखीकरण कार्यक्रम भएको स्थान ललितपुरको हेरिटेज गार्डेनमा देउवाले रात्रिभोज दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप