बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

टोलटोलमा प्रचण्डको शालीक बनाएर पूजा गर्ने दिन आउँछ : वर्षमान पुन

मङ्गलबार, ३१ साउन २०७९, २१ : ४७
मङ्गलबार, ३१ साउन २०७९

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको  टोलटोलमा शालीक बनाएर पूजा गर्ने समय आउने बताएका छन् । १९औं दोरम्बा हत्याकाण्ड स्मृति दिवसमा रामेछापको दोरम्बास्थित डााडाकटेरीमा आयोजित कार्यक्रममा पुनले राजनीतिक परिवर्तन र सामाजिक जागरणका नायकका रुपमा प्रचण्डको शालीकमा पूजा गर्ने दिन आउने बताएका हुन् ।  

प्रचण्ड नेतृत्वमा भएको माओवादी जनयुद्धले दलित, महिला, मधेसी र जनजाति समुदायमाथि वर्षौंदेखिको थिचोमिचो र अत्याचार अन्त्य भएको पुनले बताए । गणतन्त्र नेपालका पहिलो राष्टपति डा. रामवरण यादव र वर्तमान राष्टपति विद्यादेवी भण्डारीले प्रचण्डसँगको भेटमा पटकपटक आफूहरु राष्टपति हुनुमा माओवादीको योगदान रहेको भन्दै धन्यवाद दिने गरेको उनले उल्लेख गरे । पूर्वराष्टपति यादवले तराईमा भैंसी चराउने मानिसलाई माओवादी जनयुद्धले उच्च पदमा पु¥याएको बताउने गरेको उनले सुनाए । 

०५१ सालको संसदमा ७ जना र ०५६ को संसदमा १२ जना मात्र महिला सांसद रहेको चर्चा गर्दै उनले समावेशी समानुपातिक प्रतिनिधित्वको माओवादी एजेण्डाका कारण हाल संसदमा  ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भएको बताए । माओवादी जनयुद्धका नाममा पद लिने तर माओवादीकै उछितो काढ्ने काम भइरहेको भन्दै उनले आपत्ति जनाए । पुनले माओवादी आन्दोलनका उपलब्धी स्वरुप विभिन्न पदमा पुगेका मानिसहरुले नै माओवादीले आतंक मच्चाएको आरोप लगाउन नसुहाउने बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप