शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

फोहोर बोकेका १८६ गाडी पुगे बञ्चरेडाँडा

मङ्गलबार, ३१ साउन २०७९, २२ : २०
मङ्गलबार, ३१ साउन २०७९

अवरोधका बीच काठमाडौंको फोहोर बोकेका १८६ गाडी बञ्चरेडाँडा पुगेका छन् । काठमाडौं महानगरका मेयर बालेन्द्र साहले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका हुन् ।

‘फोहोर व्यवस्थापन गर्दा कसैलाई पनि केही समस्या नपरोस् । यो हाम्रो प्रतिबद्धता हो । हाम्रो प्रतिबद्धतामा हामी इमान्दार, सचेत र संवेदनशील छौं,’ उनले भने ।

काठमाडौंको फोहोर लिएर बञ्चरेडाँडा पुगेका गाडीलाई मंगलबार दिनभर स्थानीयले अवरोध गरेका थिए । स्थानीयले ढुंगा र गुलेली हानेर अवरोध गरेपछि प्रहरी र स्थानीयबीच झडपसमेत भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप