शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सहकारी विभागले जारी गर्यो ११ बुँदे निर्देशन, घाटामा रहेको संस्थाले लाभांश बाँड्न नपाउने

मङ्गलबार, ३१ साउन २०७९, २२ : ४०
मङ्गलबार, ३१ साउन २०७९

राष्ट्रिय सहकारी विभागले मंगलबार ११ बुँदे  सहकारी निर्देशन जारी गरेको छ । विभागले कोभिड-१९ को प्रभाव, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कारणले समेत मुलुकमा तरलता अभावको समस्या सिर्जना भएको र सोबाट सहकारी क्षेत्र समेत प्रभावित हुन पुगेको बताएको हो ।

यस्तो अवस्थामा धेरै सहकारी संघ संस्थाहरुमा  तरलताको अभावमा बचतकर्ताको बचत रकम समेत फिर्ता गर्न नसक्ने स्थितिमा पुगेको र सो विभागले सुस्त तरिकाले हेरिरहेको बताएको छ। अझ बढी यस्तो समस्या आउनुमा स्वयं संस्था, सञ्चालक तथा तिनका सदस्यहरु जिम्मेवार रहेको विभागले बताएको छ । सहकारी संस्थाहरुले जोखिम नहेरी मनलाग्दी कर्जा प्रवाह गरेको, सञ्चालक आफैले मनमौजी तरिकाले सेवा सुविधा उपभोग गरेको तर, सदस्यहरुलाई संस्थाको गतिविधिका बारेमा कुनै मतलब नभएको नगरेको देखिएको विभागले जनाएको छ । 

यसैको उपज अहिले सहकारीहरूमा समस्या आएको तर, अभियानले समस्याको समाधानको उपाय खोज्नुको साटो उल्टो वक्तव्यबाजीमा लागेको भन्दै विभागले सो प्रति विभागको गम्भीर ध्यानाकर्षण भएको बताएको छ । यसै निर्देशनमार्फत विभागले मनलाग्दी कर्जा प्रवाह नगर्न, संस्थाको वित्तीय गतिविधि, लेखापरीक्षण चुस्त दुरुस्त राख्न, सदस्य केन्द्रित कारोबार मात्र गर्न सहकारी संघ संस्थाहरुलाई निर्देशन गरेको छ ।  अझ समस्या उन्मुख वा घाटामा रहेको  संस्थालाई कर्मचारी, सदस्यहरूमा कुनैपनि आर्थिक सेवा सुविधा तथा लाभांश नबाँड्न समेत विभागले भनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप