बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

बुधबार, ०१ भदौ २०७९, ०६ : २५
बुधबार, ०१ भदौ २०७९

नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज पनि बस्दैछ । बैठक दिउँसाे १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । 

बैठकमा आसन्न मंसिर ४ को संघीय र प्रदेशसभा निर्वाचनको तयारी, पदाधिकारी चयन, स्थायी कमिटीलाई पूर्णता दिनेबारे छलफल हुने भएको छ । 

साथै बैठकमा सत्ता गठबन्धनमा सिट बाँडफाँट देखिएको सकसका बारेमा पनि छलफल हुने भएको छ । माओवादी केन्द्रले निर्वाचनको लागि घोषणापत्र तयार गर्न नेपाल समाजवादी पार्टीका नेतासहितको एक समिति बनाउने तयारी गरिरहेको छ । यस विषयमा पनि आजको बैठकमा छलफल हुने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप