शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अर्थतन्त्रका अधिकांश सूचक बिग्रँदो अवस्थामा

बुधबार, ०१ भदौ २०७९, ०६ : ३६
बुधबार, ०१ भदौ २०७९

गत आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रका अधिकांश सूचकांक बिग्रँदो अवस्थामा पुगेका छन् । आर्थिक वर्ष २०७८/७९ मा चालू खाता ६ खर्ब २३ अर्ब ३३ करोड रुपैयाँ ले घाटामा रहेको छ । अघिल्लो वर्ष चालु खाता ३ खर्ब ३३ अर्ब ६७ करोडले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्ष २ अर्ब ८४ करोडले घाटामा रहेको चालू खाता १ वर्षमा ५ अर्ब १७ करोडले घाटामा पुगेको छ । गत आर्थिक वर्षको १२ महिनामा कुल वस्तु व्यापार घाटा २३ प्रतिशतले वृद्धि भई १७ खर्ब २० अर्ब ४२ करोड पुगेको छ ।

निर्यातआयात अनुपात १० दशमलव ४ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ९.२ प्रतिशत मात्र रहेको थियो । नेपालको निर्यात व्यापार कमजोर र आयातमा भएको बढोत्तरीका कारण व्यापार घाटा बढेको हो ।

गत आर्थिक वर्षमा शोधनान्तर स्थिति २ खर्ब ५५ अर्ब २६ करोडले घाटामा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति १ अर्ब २३ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष ३१ लाखले घाटामा रहेको शोधनान्तर स्थिति १ वर्षमा २ अर्ब १४ करोडले घाटामा रहेको छ ।

आयातबाट विदेशी मुद्रा बाहिरिने बढी र विदेशी मुद्राभित्रिने क्रममा कमी भएका कारण शोधानान्तर घाटा भएको हो । यो समाचार राजधानी दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप