नेसपाको सुदूरपश्चिम प्रदेश समिति गठन
बुधबार, ०१ भदौ २०७९, ०६ : ५९

नेपाल समाजवादी पार्टीले सुदूरपश्चिम प्रदेशमा प्रदेश समिति गठन गरेको छ । मिनराज बडुको नेतृत्वमा नयाँ प्रदेश समिति गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा हरि तिमिल्सेना, बिनोद चन्द, सीता नागरी र दिनेश बिष्ट रहेका छन् भने मुख्य सचिवमा राजाराम चौधरी र सचिवमा डम्बर पाण्डे र गगन बिक चयन भएका छन् । त्यसैगरी कोषाध्यक्षको जिम्मेवारी सुरेन्द्र यादवलाई दिइएको छ ।
२ जना पदाधिकारी पछि पूर्ति गर्नेगरी ७१ सदस्यीय प्रदेश समिति गठन भएको हो । नवगठित समितिका पदाधिकारी तथा सदस्यहरुलाई केन्द्रीय कार्यकारिणी सदस्य जनकराज शाहले सफल कार्यकालको कामनासहित सम्मान गरेका थिए ।
जसपाबाट छुट्टिएर नेसपा गठन भएसँगै उक्त पार्टीले संगठन विस्तारको कामलाई तीव्रता दिइरहेको छ । पार्टीले आगामी निर्वाचनमा माओवादी केन्द्रको निर्वाचन चिह्न प्रयोग गर्ने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुपन्देहीको दक्षिणी सीमा क्षेत्रमा सीसीटीभीले निगरानी बढाइँदै
-
प्रचण्डले सकारात्मक जवाफ नदिएपछि चिढियो रास्वपा, रविले थाले आन्तरिक छलफल
-
६ जना थुनुवा भागेको घटनामा असईसहित ३ प्रहरी निलम्बित
-
माओवादी पदाधिकारी बैठक डेढ घण्टापछि सर्यो
-
नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमा कायमै
-
नक्कली मल बेचेको आरोपमा सर्लाहीबाट पसले पक्राउ