शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेदरल्यान्डविरुद्ध पाकिस्तान १६ रनले विजयी

बुधबार, ०१ भदौ २०७९, ०७ : १९
बुधबार, ०१ भदौ २०७९

नेदरल्यान्डविरुद्धको पहिलो एकदिवसीय खेलमा पाहुना टोली पाकिस्तान १६ रनले विजयी भएको छ । योसँगै तीन खेलको शृंखलामा पाकिस्तानले १० को अग्रता बनाएको छ । मंगलबार राति  पाहुना टोली पाकिस्तानले दिएको ३१५ रनको लक्ष्य नेदरल्यान्डले ५० ओभरमा ८ विकेट गुमाएर २९८ रन मात्र बनाउन सक्यो। 

नेदरल्यान्डका  स्कट एडवार्डले सर्वाधिक ७१ रन बनाए । यस्तै,बिक्रमजित सिंह र टम कपुरले समान ६५ रनको योगदान गरे । पाकिस्तानका  हरिस राउफ तथा नसिम शाहले समान तीन विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ६ विकेट गुमाएर ३१४ रन बनायो । यसका फकर जमानले  सर्वाधिक १०९ रन बनाए । यस्तै, कप्तान बाबर अजामले ७४ रन र सादाव खानले अविजित ४८ को योगदान गरे ।  नेदरल्यान्डका  लोगान भान विक तथा बास डि लिडीले समान दुई विकेट लिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप