बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सीमान्तकृत समुदायले अब नेतृत्वमा दाबी गर्नुपर्छ : मन्त्री चौधरी

बुधबार, ०१ भदौ २०७९, ०७ : ३२
बुधबार, ०१ भदौ २०७९

सहरी विकास मन्त्री मेटमणि चौधरीले मुस्लिम समुदायलाई भर्‍याङ मात्र नबन्न आग्रह गरेका छन् । जामिया सिराजुल उलूम अलसाल्फिया विद्यालयले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री चौधरीले भने, ‘नेपाल राष्ट्र बनेदेखि नै मुस्लिम समुदाय नेपाल प्रवेश गरेको इतिहास छ । प्रवेश मात्र होइन राष्ट्र बनाउन योगदान रहेको छ । तर सधैँ किन भर्‍याङ मात्र बन्ने ?’

सीमान्तकृत समुदायले अब नेतृत्व दाबी गर्नुपर्ने बेला आएको बताउँदै मन्त्री चौधरीले थपे, ‘संघीय निर्वाचनमा उम्मेदवारी दिनुहोस् । नेतृत्व दावी गर्नुहोस् ।’ 
  
कार्यक्रममा जामिया सिराजुल उलूम अलसाल्फियाका प्रवक्ता मौलाना मशहूद खाँले मौलानाहरु र प्राथमिक देखि माध्यमिक तहका विद्यालयहरुलाई दिँदै आएको सरकारी रकम निकै कम भएकाले मदरसा सञ्चालन गर्न अत्यन्त मुस्किल परेको सुनाए । त्यसैगरि उनले होस्टेल, पर्खाल र भवन मर्मतका लागि सहयोग गर्न मन्त्री चौधरीसमक्ष ध्यानाकर्षण गराएका थिए । 

मन्त्री चौधरीले मदरसाका विभिन्न भवन, होस्टेल, कार्यालय निरीक्षण गर्नुका साथै समस्या समाधानमा विशेष पहल समेत गर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप