सिरियाको सीमा पोस्टमा टर्कीले गरेको आक्रमणमा १७ जनाको मृत्यु
बुधबार, ०१ भदौ २०७९, ०७ : ३५
टर्कीको सेनाले सिरियाको सीमा चौकीमा गरेको हवाई हमलामा १७ जना लडाकुको मृत्यु भएको एक युद्ध अनुगमन निकायले जनाएको छ । ‘टर्कीको सीमा नजिकै सिरियाली सरकारी चौकीहरूमा टर्कीले गरेको हवाई आक्रमणमा १७ जना लडाकू मारिएका छन्’, सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले भनेको छ ।
टर्कीको हवाई आक्रमणको सिरियाले बदला लिने जनाएको छ । पीडितहरू सरकार वा कुर्दिस सेनासँग सम्बद्ध थिए वा थिएनन् भन्ने बारेमा केही खुलाइएको छैन ।
‘टर्कीको आक्रमणमा परी कम्तीमा तीन सिरियाली सैनिकको मृत्यु भएको र ६ जना घाइते भएका छन् । हाम्रो सशस्त्र बलद्वारा सञ्चालित सैन्य चौकीमा कुनै पनि आक्रमण भएमा सबै मोर्चाहरूमा प्रत्यक्ष र तत्काल जवाफ दिइनेछ’, सानाले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारको चाहना ‘डोमेस्टिक वर्कर’, नेपालको चाहना ‘श्रम समझदारी रिभ्यू’
-
बागमतीको समृद्धि : उत्पादन र रोजगारीमा वृद्धि
-
उपनिर्वाचनमा आजदेखि प्रचारप्रसार गर्न नपाइने
-
आज यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षा, लुम्बिनी प्रदेशमा हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा