अनलाइन जुवा खेलेको आरोपमा बौद्धबाट १५ जना पक्राउ
बुधबार, ०१ भदौ २०७९, ०९ : २९
अनलाइन बिंगो (जुवा) खेलेको आरोपमा प्रहरीले बौद्धबाट १५ जनालाई पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका–५ स्थित लामा पम्प नजिकै सिन्धुपाल्चोक घर भएका २६ वर्षीय निमा शेर्पाले टिनको टहरामा संचालन गरेको खाजा घरमा छापा मारेर आरोपीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
बिंगो खालबाट १ लाख ६० हजार नगद बरामद गरिएको छ । अनलाइन एप्स मार्फत बिंगोको टिकट बाँडेर बिंगो खेलाउने गरिन्छ । ठुलो आवाजको स्पिकर राखेर हारजित हुनेगरी बिंगो खेल्नेहरुमाथी प्रहरी वृत बौद्धले जुवा मुद्दामा अनुसन्धान गरिरहेको छ ।