बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘सहरका भित्ताभरि आफ्नो फोटो हेर्न चाहन्छु’

बुधबार, ०१ भदौ २०७९, १० : ०२
बुधबार, ०१ भदौ २०७९

मोडल हन्ट नेपाल २०२२ की महिला तर्फको शीर्ष उपाधि विजेता हुन् मोनिका अधिकारी । गत शनिबार राजधानीमा सम्पन्न प्रतियोगितामा २६ प्रतिस्पर्धीलाई पछि पार्दै उनले शीर्ष उपाधि चुम्न सफल भएकी हुन् ।

उपाधिका साथ उनले थाइल्याण्डमा आयोजना हुने अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगिता ‘सुपर मोडल इन्टरनेशनलमा’ सहभागी अवसर प्राप्त गरेकी छन् । उक्त प्रतियोगितामा देश र देशको कला संस्कृति आफूले चिनाउने उनी बताउँछिन् । तारकेश्वर नगरपालिका नुवाकोटकी स्थानीय बासिन्दा उनको सानैदेखि सहरको भित्ता भरि आफ्नो तस्बिर देख्ने चाहना थियो । यो चाहनाको पहिलो खुड्किलो अहिले आफूले पार गर्न सफल भएको बताउने मेनिकासँग प्रतियोगिता र आगामी दिनको योजनाका विषयमा रातोपाटीले राखेको केही प्रश्न ।

‘मोडल हन्ट नेपाल २०२२’ को शीर्ष उपाधि जित्दा कस्तो लाग्यो ?

— निकै खुसी लागेको छ । मोडलिङमा अगाडि बढ्न यसले बाटो देखाएको छ । उपाधि जितेपछि निश्चय नै विभिन्न अवसरहरू त हात पर्छ नै । त्यो अवसर कसरी छोप्ने भन्ने बिचार पनि गर्दैछु । उपाधिले मलाई सबैमाझ चिनाएको छ । अहिले प्रतिष्ठा आगामी दिनमा कसरी कायम राख्ने र अहिले पाएको अवसर कसरी सदुपयोग गर्ने भन्ने तिर पनि धेरै ध्यान गएको छ । त्यसैले यसमा चुनौती र जिम्मेवारी दुवै देखेको छु । 

किन भाग लिनु भयो प्रतियोगितामा ?

— मेरो मोडलिङमा पहिलेदेखि नै रुचि थियो । मोडलिङ शोहरूमा सबै मानिसले त्यतिकै सजिलै गर्न सक्छ भन्ने मैले बुझेको थिए । त्यसका लागि बेसिक ट्रेनिङ गर्नुपर्छ भन्ने लाग्थ्यो । त्यो सबै अवसर प्रतियोगिता देखेर भाग लिएको थिए । मोडलिङमा करियर बनाउनेको लागि ‘मोडल हन्ट नेपाल’ राम्रो प्लेटफर्म हो ।

प्रतियोगिता जित्न कति सजिलो थियो ?

— प्रतियोगितामा सहभागी सबै एकसेएक थिए । सबै राम्रा भएकोले निर्णायकहरू पनि एकदमै टफ कम्पिटिसन छ भन्नुहुन्थ्यो । त्यसैले उपाधि जित्नका लागि मिहिनेत धेरै गर्नुपर्‍यो । 

मेरो कुरा गर्ने हो भने २ बजेसम्म कलेज हुन्थ्यो । ३ बजेपछि ट्रेनिङ । कलेज र ट्रेनिङ भ्याउन मैले धेरै भाग दौड गर्नुपर्थ्यो  । यो मात्र होइन अन्य धेरै कुरोमा सङ्घर्ष गरेको थिए । त्यसको फ अहिले हात परेको छ । 

प्रतिस्पर्धापछि आफूमा के परिवर्तन पाउनुभयो ?

— धेरै परिवर्तन पाएको छु । प्रतियोगितामा सहभागी हुनु पहिले म सबैसँग सजिलै खुल्न सक्दैन थिए । प्रतियोगितामा धेरै कक्षा हुन्थ्यो । जसमा कसरी बोल्ने, आफ्नो कुरो अगाडि कसरी राख्ने, स्टेजमा आफूलाई प्रस्तुत कसरी गर्ने लगायत धेरै कुरो ट्रेनिङमा सिक्न पाए । ति कुरो पहिले थाहा थिएन । प्रतियोगितापछि आफैले आफूलाई नोटिस गर्दा पर्फेक्ट रूपमा निखारिन सफल भएको जस्तो लाग्छ । 

के कुरोले उपाधि चुम्न सफल हुनुभयो ?

— मिहिनेत त सबै प्रतियोगीको राम्रो थियो । एक कुरो ममा कन्फिडेन्स थियो । मेरो खराब पक्ष केही नदेखियोस् भनेर म राम्रो भन्दा राम्रो पर्फम गर्न ध्यान दिन्थे । बेस्ट दिने कोसिस गरेको थिए । विजेता बन्दा धेरै खुसी लाग्यो ।

अबको लक्ष्य के छ ?

— पहिले देखिनै रनवे मोडलिङ गर्ने धेरै रुचि थियो । कमर्सियल मोडलिङ पनि गर्छु ।

कलाकारिता तिर पनि पक्कै रुचि होला ?

— रुचि छ । सानोमा टिभीमा कलाकार देख्दा उहाँहरू जस्तै अभिनय गर्ने, टिभीमा छाउने रहर थियो । अभिनय तिर पनि रुचि छ । त्यसका लागि आवश्यक तयारी गरेर मात्र भित्रिने सोच छ । फिल्म त नभनौँ म्युजिक भिडियो त गर्न सक्छु होला कि ।

कस्तो मोडलको रूपमा चिनिने सोच छ ?

— सबैको प्रिय, चर्चित र सबैतिर छाउने मोडल बन्ने सोच छ । देश तथा विदेशमा समेत चिनिने मोडल बन्ने लक्ष्य छ ।

विजेता बनेपछि अन्तर्राष्ट्रिय प्रतियोगिताको पनि अवसर प्राप्त भएको छ । त्यो प्लेटफर्ममा नेपाल कसरी चिनाउनुहुन्छ ?

— हामीले देश विश्वमा चिनाउने भनेकै हाम्रो कल्चर मार्फत हो । यहाँको कला संस्कृति, पर्यटकीय क्षेत्र, प्राकृतिक सुन्दरता विश्वको भन्दा अलग छ । यही पक्षबाट चिनाउने कोसिस गर्नेछु ।

मोडलिङबाट के उद्देश्य छ ?

— मोडलिङबाट सहरका भित्ता, होर्डिङ बोर्ड लगायतका आफ्नो फोटो देख्ने र छाउने चाहना जो कोहीको पनि हुन्छ । यो रहर मोडलिङमा लाग्ने सबैमा हुन्छ होला  । 

ग्ल्यामर के हो ?

— अरूको नजरमा आफूलाई आकर्षक र फरक देखिनु ग्ल्यामर हो । 

कस्तो फेसन मनपर्छ ?

— चलनचल्तीको फेसन नै म रुचाउँछु । मेरो शरीरको बनावटले गर्दा ट्रेडिसनल पहिरन बढी सुहाउँछ । म धेरै क्याजुअल पहिरन र क्रप टप्समा देखिन्छु ।

प्रेममा हुनुहुन्छ ?  

— छैन, छैन । स्कुल पढ्दा देखिनै म सोझी खालकी थिए । त्यसैले प्रेम तिर कहिल्यै ध्यान गएन । अहिले आफ्नो करियर बनाउन तिर लागेको छु । 

मनपर्ने कलाकार ?

— अभिनेता नाजिर हुसेन, अनमोल केसी मनपर्छ । नाजिरको अभिनय राम्रो लाग्छ, भने अनमोल चिटिक्क परेर हिँड्ने पर्सनालिटी राम्रो लाग्छ ।  

राजनीतितिर पनि रुचि छ कि ?

यसतर्फ रुचि छैन ।

मनपर्ने खाना ?

मलाई कुकिङ धेरै मनपर्छ । बाहिरको भन्दा पनि घरमै बनाएको खाना मनपर्छ ।

तपाईं कस्ती केटी ?

म सबै जनासँग हाँसेर बोल्छु । सबैले सहयोगी खालको छ भन्छन् । अपरिचितसँग पनि सजिलै घुलमिल हुनसक्छु ।

सपना ?

— पहिलो सपना आफू खुसी हुनु हो । जीवनमा आफू खुसी भयो भने जीवन सफल हुन्छ मेरो सोच हो । भविष्यमा राम्रो आर्किटेक्ट बन्ने सपना पनि छ । 

नेपालमा मोडलिङको अवसर कमी छ भनिन्छ नि हो ?

— कमी त छैन । आफूले खोज्न सक्नु पर्‍यो । खोजेपछि अवसर जति पनि भेट्न सकिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप