मस्कले म्यानचेस्टर युनाइटेड किन्ने !
ट्वीटर किन्ने असफल प्रयासपछि टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले इङ्ग्लिस फुटबल क्लब म्यानचेस्टर युनाइटेड किन्ने घोषणा गरेका छन् । ‘स्पष्ट हुनको लागि, म रिपब्लिकन पार्टीको आधा र डेमोक्रेटिक पार्टीको आधालाई समर्थन गर्दछु’ उनले ट्वीट गरे । र यो ट्विट लगत्तै उनले भने, ‘साथै, म म्यानचेस्टर युनाइटेडलाई स्वागत गर्दछु ।’
ट्वीट गर्ने क्रममा एलन मस्क कति गम्भीर छन् भन्ने कसैले पनि बुझ्न सक्दैन । तर, उनको भनाइले म्यान्चेस्टर युनाइटेडलाई उत्साहित बनाएको छ । म्यानचेस्टर युनाइटेडका फ्यानहरूले हालैका वर्षहरूमा क्लबको खराब प्रदर्शनका कारण वर्तमान अमेरिकी मालिक ग्लेजर परिवारलाई छोड्न आह्वान गरिरहेका छन् ।
मस्कको ट्विटले ठूलो प्रतिक्रिया बटुलेको छ । एकजना ट्विटर प्रयोगकर्ताले सोधे, ‘के तपाई साँच्चै सोच्नुहुन्छ कि उनले ट्वीटर किन्दै छन ? वा काम नगलाग्ने कुरा गरिरहेका छन् । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
द्रुतमार्गको सट्टाभर्ना बापत सेनाले वृक्षरोपण गरेको जग्गामा व्यक्तिको दाबी
-
रोमाञ्चक खेलमा आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई २१ रनले हरायो
-
फौजदारी न्यायको प्रभावकारिता बिना न्याय प्रणाली सुदृढ बन्न सक्दैन: प्रधानन्यायाधीश श्रेष्ठ
-
सङ्घीयता प्रतिवेदनका सुझाव कार्यान्वयन गर्न निर्देशन
-
चीनले अस्ट्रेलियन वाइनमा लगाएको अतिरिक्त शुल्क हटायो
-
तलब खुवाउन विद्यार्थीबाट ११ लाख उठाएर हिनामिना, अख्तियारले चलायो मुद्दा