शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बाइडेनद्वारा जलवायु परिवर्तन र स्वास्थ्य हेरचाह खर्चसम्बन्धी विधेयकमा हस्ताक्षर

बुधबार, ०१ भदौ २०७९, १२ : ०५
बुधबार, ०१ भदौ २०७९

अमेरिकी राष्ट्रपति जो बाइडेनले जलवायु परिवर्तन र स्वास्थ्य हेरचाह खर्चसम्बन्धी विधेयकमा हस्ताक्षर गरेका छन् ।

राष्ट्रपतिको हस्ताक्षरसँगै यसले कानुनको स्वरुप लिएको छ । मुद्रास्फीति न्यूनीकरण ऐन भनिने यो कानूनलाई ह्वाइट हाउसले अमेरिकी इतिहासमा जलवायु परिवर्तनलाई न्यूनीकरण गर्ने सबैभन्दा ठूलो प्रतिबद्धताको रूपमा लिएको थियो ।  

‘एउटा राष्ट्रलाई रूपान्तरण गर्न सकिन्छ, जुन अहिले भइरहेको छ’, बाइडेनले भने । विधेयक पारित भएसँगै सरकारले हरित ऊर्जा पहलमा लगभग ३७० अर्ब डलर खर्च गर्नेछ । ‘यो दिन भविष्यका पुस्ताहरूले जीवाश्म इन्धन उद्योगविरुद्धको छालको रूपमा हेरिने सिएरा क्लबका अध्यक्ष रामोन क्रुजले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप