बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बस्ती पसेको पाटेबाघ नियन्त्रणमा

बुधबार, ०१ भदौ २०७९, १४ : ३३
बुधबार, ०१ भदौ २०७९

सल्यानको कालिमाटी गाउँपालिका–२ को बाटुले गाउँमा आतंक मच्चाउने पाटे बाघ नियन्त्रणमा लिइएको छ । प्रहरी, सेना र डिभिजन वन कार्यालयको टोलीले बाघलाई बुधबार बिहान नियन्त्रणमा लिएको हो । 

कालिमाटी गाउँपालिका–२ बाटले गाउँका तुल्सीकुमारी घर्तीको गोठमा बाँधेको गोरु मारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बिहान ६ बजेतिर उक्त बाघले गोठमा बाँधको दुईवटा गोरु मारेको थियो भने एउटा गोरुलाई घाइते बनाएको थियो ।  

घुईबारी प्रहरी चौकीका अनुसार बाघ नियन्त्रणका लागि बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ देवीदत्त गणको नेपाली सेना र प्राविधिकको टोली सल्यानमा पुगेको थियो । सो टोलीले गोठदेखि दुई सय मिटर पश्चिममा रहेको बाँसघारीमा बसिरहेको अबस्थामा बाघ नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएको बाघ बुधबार नै बाँके राष्ट्रिय निकुञ्जमा पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप