उत्तर कोरियाद्वारा दुईवटा क्रुज मिसाइल प्रहार
उत्तर कोरियाले बुधबार दुईवटा क्रुज मिसाइल प्रहार गरेको सियोलको रक्षा मन्त्रालयले जनाएको छ । ‘आज बिहान उत्तर कोरियाले दक्षिण प्योन्गान प्रान्तको ओन्चोनबाट पश्चिम सागरमा दुईवटा क्रुज मिसाइलहरू प्रहार गरेको छ’ मन्त्रालयका एक अधिकारीको भनाइ उद्धृत गर्दै एएफपीलाई जनाएको छ । अमेरिका र दक्षिण कोरियाका सैन्य अधिकारीहरूले उत्तरको मिसाइल प्रहारबारे विस्तृत विवरणहरूको विश्लेषण गरिरहेका पनि अधिकारीहरूले जनाएका छन् ।
योनहाप समाचार एजेन्सीका अनुसार उत्तर कोरियाले जनवरीदेखि क्रुज मिसाइल परीक्षण गरेको थिएन । पछिल्लो पटक प्योङयाङले जुलाई १० मा हतियार परीक्षण गरेको थियो । त्यतिबेला उसले धेरै रकेट लन्चरहरू फायर गरेका थिए ।
उत्तर कोरियाले सन् २०१७ यता पहिलो पटक पूर्ण दायरामा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल प्रहारसहित जनवरीदेखि नै प्रतिबन्धित हतियार परीक्षण गरेको थियो । विश्वबाटै एक्लिएको प्योङयाङले आफ्नो सातौं आणविक परीक्षणबारे योजना गरिरहेको बताइएको छ ।
यस हप्ताको सुरुमा, दक्षिण कोरियाली र अमेरिकी सैन्य सेनाहरूले उनीहरूको वार्षिक संयुक्त सैन्य अभ्यासअघि नै प्रारम्भिक अभ्यास सुरु गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्लिस प्रिमियर लिगमा घरेलु टोली एभर्टनले लिभरपुरलाई हरायो
-
गुजरात टाइटन्समाथि दिल्लीको रोमाञ्चक जित
-
अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्व अर्थमन्त्रीसँग सुझाव
-
राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित
-
कतारको चाहना ‘डोमेस्टिक वर्कर’, नेपालको चाहना ‘श्रम समझदारी रिभ्यू’
-
बागमतीको समृद्धि : उत्पादन र रोजगारीमा वृद्धि