शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुदूरपश्चिममा आज सार्वजनिक बिदा

बुधबार, ०१ भदौ २०७९, १५ : १९
बुधबार, ०१ भदौ २०७९

सुदूरपश्चिममा आज सार्वजनिक बिदा दिइएको छ । ओल्के पर्वको अवसरमा प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी लक्ष्मीप्रसाद जोशीले जानकारी दिए ।

सुदूरपश्चिमका पहाडी समुदायमा भदौ १ गतेलाई ओल्के पर्वको रुपमा मनाउने गरिन्छ । यस पर्वमा आफन्त तथा इष्टमित्रलाई मिठो मसिनो खानेकुरा र कोसेली दिने चलन छ । यो पर्वलाई सुदूरपश्चिमेलीले जेठो पर्वका रूपमा समेत मनाउने गर्दछन् ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप